Ads

राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताबीच छलफल


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र पार्टीका शीर्ष नेताबीच पार्टीलाई सक्रिय बनाउने विषयमा छलफल भएको छ।

शुक्रबार भक्तपुरको लोकन्थलीस्थित चन्द निवासमा भएको राप्रपा नेताको छलफलमा राप्रपालाई पुनः जनतामाझ मजबुद बनाएर लैजानेबारे विचार विमर्श भएको चन्दले जानकारीदिए।

राप्रपा निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, राप्रपा वरिष्ठ नेता एवं अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी, राप्रपा वरिष्ठ नेता हरिबहादुर बस्नेतलगायतका नेता सहभागी रहेको वार्तामा राप्रपालाई सशक्त ढङ्गले अगाडि बढाउने र जनतामा विश्वास एवं भरोसा दिलाउनेगरी पार्टीलाई अगाडि बढाउनेबारे छलफल भएको उनले जानकारी दिए।

Ads

सम्बन्धित पोष्टहरू