Ads

लुम्बिनी प्रदेशसभामा ६ वटा विषयगत समिति गठन


दाङ । लुम्बिनी प्रदेशसभाको शनिबार बसेको बैठकले विभिन्न छ वटा विषयगत समिति गठन गरेको छ। लामो समयदेखि विषयगत समिति गठन हुनसकेको थिएन । दोस्रो अधिवेशनको १९औँ बैठकमा सभामुख तुलाराम घर्तीले समितिका सदस्य मनोनयन गरेपछि पारित पनि भएको थियो ।

प्रदेशसभाको सार्वजनिक लेखा समितिमा १२, अर्थ, उद्योग तथा पर्यटन समितिमा १२, भौतिक पूर्वाधार विकास समितिमा १४, प्रदेश मामिला तथा कानुन समितिमा १२, सामाजिक विकास समितिमा १२ र कृषि वन तथा वातावरण समितिमा १५ जना सदस्य रहने छन् । ती सदस्यमध्येबाटै समितिकोनेतृत्व चयन हुनेछन् ।

साथै बैठकमा निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरिएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री सन्तोष पाण्डेयले सो विधेयक प्रदेशसभामा पेस गरेका थिए । त्यस्तै स्वास्थ्यमन्त्री राजु खनालले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा नवीकरण र स्तरोन्नति ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सैद्धान्तिक छलफलका लागि पेस गरेका थिए । प्रदेशसभा अर्को बैठक साउन ८ गते बस्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू