Ads

प्रतिनिधिसभाकाे बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजेका लागि बैठक बोलाइएको छ।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’ लाई प्रस्तुत गर्नेछन् ।

उनले सो प्रस्तावमाथिको संशाेधनहरुलाई निर्णायार्थ प्रस्तुत गर्नेदेखि पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

यसैगरी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक २०८०’ माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू