Ads

मिटरब्याजसम्बन्धी विधेयक आजै पास गर्ने तयारी


काठमाडौं । मिटरब्याजपीडितलाई न्याय दिन भन्दै कानुन बनाउन ल्याइने विधेयक आइतबार नै पास गर्ने तयारी गरिएको छ ।  प्रतिनिधिसभाले आइतबारको बैठकको कार्यसूचीमा मिटरब्याजसम्बन्धी विधेयक पास गर्ने समेटेको छ ।

आइतबार नै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबार नै मिटरब्याजसम्बन्धी विधेयक पास गर्ने कार्यसूची तयार गरेको हो ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । यसअघि उक्त विधेयकमाथि दफावार छलफल पनि गरिने कार्यसूचीमा उल्लेख छ ।

Ads

सम्बन्धित पोष्टहरू