Ads

व्यवहारिक शिक्षा दिने मुलुकले मात्रै प्रगति गर्न सक्छः सभामुख घिमिरे


काठमाडौँ । सभामुख देवराज घिमिरेले व्यावहारिक शिक्षा दिन सक्ने मुलुकले मात्रै प्रगति गर्न सक्ने बताएका छन्।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले व्यवहारिक शिक्षा दिनसक्ने मुलुकले मात्रै प्रगति गर्न सक्ने बताएका हुन्।

उनले मुलुकको शिक्षाको ठिक ढंगले विकास गर्न नसकेको मुलुकहरुले विश्वमा प्रगति गर्न नसकेका बता‍ए। उनले राम्रो शैक्षिक जनशक्तिको विकास गर्नसक्ने मलुकहरुको मात्रै प्रगति सम्भव रहेको उल्लेख गरे। सभामुख घिमिरेले शिक्षाको विकास सही ढंगबाट हुन नसकेको भन्दै यसप्रति प्रश्नहरु उठिरहेको बताए।

उनले भने,‘जुन मुलुकले शिक्षा ठीक ढंगले विकास गर्न सकेको छ, शैक्षिक जनशक्ति विकास गर्न सकेको छ, व्यवहारिक शिक्षा दिन सकेको छ, त्यसलाई व्यवहारमा उतारेर शिक्षाको गुणस्तरलाई परिवर्तन गर्न सकेको छ, त्यो मुलुकहरुले मात्रै विश्वमा प्रगती गर्न सकेका छन्।’

Ads

सम्बन्धित पोष्टहरू