Ads

अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिला सुन र हिरासहित पक्राउ


काठमाडौँ । अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिला सुन र हिरासहित पक्राउ परेकी छन् । प्रहरीले शनिबार दिउँसो ५५ वर्षीया अभया विश्‍वकर्मालाई पक्राउ गरेको हो ।

विमानस्थलमा चेकिङ गर्दा ७ सय ७० ग्राम सुन र ५४ ग्राम ७५ मिलिग्रामकोसी प्लस  हिरा भेटिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनी काठमाडौंबाट मलेसिया हुँदै अष्ट्रेलिया जान लागेकी थिइन्। उनले भन्सार छलेर झोलामा हालेर सुन र हिरा लैजान लागेकी थिइन् । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू