Ads

राजनीतिक पूर्वाग्रह साँध्न खोजियो: महरा


काठमाडौं । पूर्वसभामुख एवं नेकपा मा‌ओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करीमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्।

आइतबार विज्ञप्ति जारी गर्दै नेता महराले सुन तस्कारीमा चिनियाँ व्यापारी वाङसँग आफू र आफ्नो छोरा राहुलको कुनै संलग्नता नहरेको स्पष्ट पारेका हुन्।

इलेक्ट्रिक सिगरेट (भेप) भित्र सुन तस्करीमा चिनियाँ व्यापारी समेत रहेका तस्करहरूसँग बावु -छोराको कनेक्सन रहेको विषय बाहिरिएपछि महराले यसबारे स्पष्ट पारेका हुन्।

चिनियाँ नागरिक वाङसँग पहिलेदेखि सामान्य चिनजान भएको र उनी फलफूल व्यापारीको रुपमा मात्रै आफूले चिनेको बताएका छन्। नेता महराले उनको अन्य व्यापार र कामसँग आफूलाई कुनै जानकारी नरहेको दावी गरेका छन्।

नेता महराले चिनजान हुनु र संलग्नत हुनु फरक विषय भन्दै दुरासयपूर्ण तरिकाले राजनैतिक पूर्वाग्राहीका आधारमा आफ्नो बदनाम गर्न खोजिएको बताएका छन्।

Ads

सम्बन्धित पोष्टहरू