काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित बिक्री मूल्य प्रणाली लागू गरेको छ। निगमको सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी स्वचालित बिक्री मूल्य प्रणाली लागू गरेको हो।
निगम सञ्चालक समितिले आइतबार मध्यरातिबाट लागू हुने गरी स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको हो । यसअनुसार परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य तोक्नेछ ।
खाना पकाउने एलपी ग्यासको मुल्यमा भने निगमले नाफा नराख्ने निर्णय गरेको छ । यो निर्णयअनुसार पेट्रोल लिटरमा ६ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ४–४ रुपैयाँ मूल्य घट्नेछ भने ग्यासमा १० रुपैयाँ घट्नेछ ।
प्रतिक्रिया दिनुहोस्