बुटवल । ‘मिनी संसद’ मानिने संसदीय सभापतिहरू सर्वसम्मत रूपमा चयन गर्ने लुम्बिनी प्रदेशका दलहरूबीच सहमति भएको छ। विषयगत समितिको सदस्यहरूको शनिबार प्रदेशसभाबाट सर्वसम्मत रूपमा अनुमोदन भएपछि सभापति पनि सहमतिमा चयन गर्ने दलका प्रदेशस्तरीय नेताहरूबीच समझदारी भएको हो ।
लुम्बिनीमा ६ वटा संसदीय विषयगत समितिका सदस्यहरूको नाम पारित भएको छ। यससँगै सभापतिको लागि प्रतिपक्ष दल एमालेसहित नेपाली काँग्रेस, माओवादी र सरकारमा रहेका साना दलका प्रदेशस्तरका नेताहरुबीच छलफलपछि सो सहमति भएको हो ।
लुम्बिनी प्रदेशमा सार्वजनिक लेखा समिति, अर्थ उद्योग र पर्यटन समिति, प्रदेश मामिला तथा कानुन समिति, सामाजिक विकास समिति र कृषि वन तथा वातावरण समिति रहेको छ। ती सबै विषयगत समितिका सदस्यहरूको नाम पारित भएको छ।
६ वटा सभापतिमध्ये २ वटा एमालेलाई, सत्तामा रहेका साना दललाई १ र बाँकी ३ वटा काँग्रेस र माओवादीले बाँड्ने मोटामोटी सहमति भएको छ। प्रदेशमा विषयगत समिति चयन भए पनि सभामुखले दलसँग समन्वयको आधार मिति तोक्ने र सोही आधारमा निर्वाचनको कार्यपालिका सार्वजनिक गर्ने व्यवस्था रहेको छ।
प्रतिक्रिया दिनुहोस्