Ads

लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव पक्राउ


बुटवल । लुम्बिनी प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् ।

गत माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका-१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौंको चेक बाउन्स भएपछि पूर्व मन्त्री यादवमाथि मुद्दा दर्ता भएको थियो ।

मुद्दा दर्तापछि यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । रुपन्देही प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामू अर्यालले बाँकेको डुडुवा गाउँपालिका होलीयाबाट आइतबार उनलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।

पक्राउ परेका यादवलाई रुपन्देही ल्याउँदै गरेको अर्यालले बताए ।

Ads

सम्बन्धित पोष्टहरू