काठमाडाैँ । एसीसी इर्मिजङ टिम्स कप क्रिकेटमा नेपाल र भारतबीच खेल हुँदैछ ।
श्रीलंकाकाे कोलम्बोमा जारी खेलमा नेपालले भारतको ए टिमसँग डेनाइट म्याच खेल्न लागेको हो । नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ ।
जारी प्रतियोगितामा नेपाल पहिलो खेलमा पाकिस्तान ए टिमसँग ४ विकेटले पराजित भएको थियो । सो खेलमा पनि नेपालले टस जितेर पहिला ब्याटिङ गरेको थियो ।
सो खेलमा पुछारमा सोमपाल कामीले ७५ रन बनाएपछि नेपालले सम्मानजनक स्कोर बनाएको थियो । पाकिस्तानी बलिङका अगाडि नेपाली ब्याटर निरीह बनेका थिए । आज भारतीय बलिङ आक्रमणका अगाडि नेपाली ब्याटरको परीक्षा हुनेछ ।
भारतीय टिममा आईपीएलका स्टार खेलाडी छन् ।
प्रतिक्रिया दिनुहोस्