काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद (डिपी) अर्याललाई म्यासेजमार्फत् धम्की दिने एक युवक पक्राउ परेका छन्।
असार २९ गते राति १:२६ बजे मेसेजमार्फत धम्की दिएको भन्ने बेहोराको उजुरी प्राप्त भएपछि त्यसको भोलिपल्ट असार २० एक व्यक्ति पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन्।
पक्राउ पर्नेमा खोटाङका विजय कालीकोटे रहेका छन्। उनले गत असार १९ मा डोलप्रसादलाई मोबाइलमा म्यासेज पठाएर धम्की दिएको बताइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनले त्यस दिन दिउँसो १:२६ बजे डोलप्रसादलाई म्यासेज पठाएर ज्यान मार्ने आशयको धम्की दिएका थिए।
प्रतिक्रिया दिनुहोस्