काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता टिकाउनका लागि असंलग्न परराष्ट्र नीतिमा विचलन ल्याउने काम गरेको आरोप लगाएका छन् ।
त्रिभुवन विश्वविद्यालय र एसियाली अनुसन्धान केन्द्र (सिनास)ले सोमबार कीर्तिपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले उक्त्त अाराेप लगाएका हुन ।
सत्ता टिकाउनका लागि असंलग्नताको परराष्ट्र नीतिमा विचलन ल्याउने काम नगर्न पनि सरकारलाई सचेत गराए । प्रधानमन्त्रीले भारत भम्रणको क्रममा नेपालको हितलाई समेत ध्यानमा नराखी विद्युत् खरिदसहितको सम्झौता गरेको भन्दै उनले आपत्ति जनाए ।
पछिल्ला दिनमा नेपालले नजानिँदो ढंगले एउटा देशप्रति बढी आशक्ति देखाउनु राष्ट्रका लागि हितकर नभएको उपमहासचिव ज्ञवालीले पटकपटक दोहोर्याए ।
“निश्चिय नै ऊर्जामा हामी भारतसँग नै साझेदारी गर्ने । तर त्यसमा पनि तपाईसँग आफ्नो हातमा त केही हुनु पर्यो नि । २७ वर्षदेखि पञ्चेश्वर, १२ वर्षदेखि अपर कर्णाली, त्यसमाथि फुकेट कर्णाली, त्यसपछि पश्चिम सेती, अरुण, लोअर अरुणहरुको कुरा सुन्छौंँ,” उनले भने, “त्यसमा साझेदारी हुन्छ कि हामी एकदमै हात बाँधेर । किनभने बजार एउटै छ । लिन्न भनेपछि खेल खत्तम । यो खालको स्थितिबाट जान हुँदैन । राष्ट्रिय हितहरुको सन्दर्भमा पनि त्यो सन्तुलनलाई हामीले गुमाउन्नु हुन्न ।”
प्रतिक्रिया दिनुहोस्