Ads

भारतमा विजेपीविरुद्ध विपक्षी दलको मोर्चाबन्दी


एजेन्सी

भारत। भारतमा सत्तारुढ भारतीय जनता पार्टी विजेपीविरुद्ध विपक्षी दलले एकजुट हुने प्रयास थालेका छन् । आगामी वर्ष हुने आमचुनाव अघि विपक्षी दलहरुले विजेपीविरुद्ध मोर्चाबन्दीको प्रयास थालेका हुन् । यसका लागि आज २४ वटा विपक्षी दलको बैठक बैंगलोरमा बस्दैछ।

बैठक आज र भोलि दुई दिन चल्ने भारतीय संचारमाध्यामले जनाएका छन् । आम आद्मी पार्टीले पनि यो बैठकमा सहभागी हुने घोषणा हिजो गरेको थियो । यसअघि पटनामा भएको पहिलो बैठकमा आम आद्मी पार्टीका प्रमुख अरबिन्द केजरीवालसँग बाँकी दलको मतभेद भएको खबर बाहिरिएको थियो ।

दिल्लीमा सरकारको अधिकार कम गर्नेगरी केन्द्रीय सरकारले ल्याएको अध्यादेशको विरोधमा आम आद्मीले कांग्रेसको साथ खोजेको थियो । कांग्रेसले दिल्ली सरकारको मागमा समर्थन जनाएपछि आमआदमी बैठकमा सहभागी हुन लागेको हो । आजको बैठकमा चुनावमा सिट बाँडफाँड, मोर्चाको नामाकरणलगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू