Ads

एसीसी इमर्जिङ टिम्स एसिया कप : भारतसँग नेपालको लज्जास्पद हार


काठमाडाैं । नेपालले श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा लगातार दोस्रो हार व्यहोरेको छ। सोमबार भएको खेलमा नेपाल भारत एसँग ९ विकेटले पराजित भएको हो। आर प्रेमदासा रंगशालामा नेपालले जीतका लागि दिएको १६८ रनको सामान्य लक्ष्य भारतले २२.१ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको हो। भारतको जीतमा ओपनरद्वय साई सुदर्शन र अभिषेक शर्माको सानदार व्याटिङ रह्यो। उनीहरुले पहिलो विकेटको लागि १३९ रनको साझेदारी गरेका थिए।

युवा अलराउन्डर शर्माले ६९ बलमा ८७ रनको सानदार अर्धशतकीय इनिङ खेले । साथै सुदर्शनले ५८ रन जोडे भने ध्रुव जुरेलले २१ रन बनाए। बलिङमा कप्तान रोहितकुमार पौडेलले एक विकेट लिए।  त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३७.२ ओभरमा १ सय ६७ रनमा अल आउट भएको हो।

नेपालका लागि  कप्तान रोहित पौडेलले सर्वाधिक ६५ रनको योगदान दिए। साथै गुलशन झाले ३८ रन बनाउनुबाहेक अन्य खेलाडीको राम्रो प्रदर्शन रहन सकेन। नेपालले अन्तिम खेल बुधबार युएई ए सँग खेल्नेछ। नेपाल यसअघि पाकिस्तानसँग पनि पराजित भएको थियो । नेपालको दोस्रो हारसँगै समूह बी बाट भारत र पाकिस्तान दुवै सेमिफाइनलमा पुगेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू