Ads

कैलालीका चार पालिकामा आज सार्वजनिक बिदा


काठमाडौं । सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लाका चार पालिकामा आज सार्वजनिक बिदा दिइएको छ । कमैया मुक्ति दिवसको अवसरमा ४ पालिकाले आज स्थानीय रुपमा सार्वजनिक बिदा दिएका हुन् ।

कैलालीको टीकापुर नगरपालिका, जानकी गाउँपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा मंगलबार सार्वजनिक बिदा दिइएको छ । पालिकासहित स्वास्थ्य संस्था, विद्यालयमा बिदा गरिएको पालिकाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

नेपालमा बँधुवा मजदुरका रूपमा काम गर्दै आएका कमैयालाई तत्कालीन सरकारले २०५७ साल साउन २ गते मुक्त भएको घोषणा गरेको थियो । कमैया बस्नेमा थारु समुदायका व्यक्ति थिए । मुक्त कमैयाहरू कैलालीसहित कञ्चनपुर, बर्दिया, बाँके, दाङ लगायतका जिल्लामा रहेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू