Ads

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो


काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ३.५२ विन्दुले बढेको छ । यससँगै सूचक २१४७.६८ अंकमा आएको छ । ४ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

२८ कम्पनीको १२ सय ८ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ३८ वटा कारोबार भएको छ । २० कम्पनीको भाउ बढ्दा ४ वटाको मूल्य भने घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।

Ads

सम्बन्धित पोष्टहरू