चिनियाँ विदेशमन्त्री छिन काङ तीन सातायता ‘गायब’ भएपछि विभिन्न टिकाटिप्पणी सुरु भएको छ। दिनहुँजसो कूटनीतिक कार्यक्रममा सहभागी हुने उनी जुन २५ यता सार्वजनिक रुपमा देखिएका छैनन्।
उनी अनुपस्थित हुँदा महत्वपूर्ण कूटनीतिक भेटघाटहरुमा पोलिट्ब्युरो सदस्य वाङ यी सहभागी हुँदै आएका छन्। उनी यसअघिका विदेशमन्त्री हुन्। हाल उनी चीनको सबैभन्दा उच्च पदस्थ कूटनीतिज्ञ हुन्।
छिन काङ गत साता जाकर्तामा आयोजित आसियान मुलुकका विदेशमन्त्रीहरुको बैठकमा पनि सहभागी भएनन्। चिनियाँ विदेश मन्त्रालयले उनी बिरामी भएको बताएको थियो।
तर, पछिल्लो समय उनका बारेमा अनेक अड्कलबाजी हुन थालेका छन्। भारतीय सञ्चारमाध्यमले उनी एक पत्रकारका साथ भागेको चर्चा पनि गरेको छ।
चीन सरकारले भने उनको बारेमा चलेको हल्लालाई साम्य पार्नेगरी कुनै जवाफ दिएको छैन।
विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले विदेशमन्त्री छिनबारे आफूलाई कुनै जानकारी नभएको बताइन््।
चीनमा सरकारले छानबिन गर्न थालेपछि सेलेब्रिटीहरु यसरी सार्वजनिक दृश्यबाट हराउने गर्छन्। गतवर्ष मात्रै अर्बपति ज्याक मा महिनौँ सार्वजनिक भएका थिएनन्।
पछि उनको कम्पनीमाथि छानबिन गरिएको खुलासा भएको थियो। एजेन्सी
प्रतिक्रिया दिनुहोस्