Ads

कांग्रेसले एक वर्षे अभियान चलाउने, ५ देखि ७ लाख नयाँ सदस्य थप्ने प्रस्ताव


काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी एक वर्ष क्रियाशील सदस्यता विस्तार अभियान चलाउने र ५ देखि ७ लाख नयाँ सदस्य बनाउने कार्ययोजना अघि सारेका छन्।
मंगलवार शुरू भएको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगन थापाले एक वर्ष क्रियाशील सदस्यता विस्तार अभियान प्रस्ताव गरेका हुन् ।

अभियानअन्तर्गत पहिलो चरणको कार्यक्रम साउन २० देखि भदौ १ गतेसम्म हुनेछ । यसमा संगठन, सुदृढीकरण र शुद्धीकरण अभियान मुख्य भएको थापाले बताए । पार्टीको घरभित्रको अभियानलाई यसले सुदृढ बनाउने थापाले प्रष्ट्याए ।

त्यस्तै १० भदौदेखि २४ भदौको विपी जयन्तीसम्म दोस्रो चरणको कार्यक्रम गरिने थापाको प्रस्ताव छ । यो अभियानमा समुदायसँग संवाद गरिने थापाले प्रष्ट्याएका छन् ।

त्यस्तै मंसिर १५ देखि माघसम्म तेस्रो चरणको अभियानको प्रस्ताव थापाले गरेका छन् । दुई महिनाको अभियान घरघर र नागरिक नागरिकसँग जोडिने उनको भनाइ छ ।

अभियान पार्टीको नीति कार्यक्रमपछि हुने प्रस्ताव थापाको छ । पार्टीले संगठन र अभियानका लागि केन्द्रीय सदस्यहरूलाई ७७ वटै जिल्लामा खटाउने पनि बताए ।

त्सस्तै थापाले असोज, मंसिर, माघ, चैत र जेठको पहिलो साता अनिवार्य दुई महिनामा केन्द्रीय समितिको बैठक बस्नुपर्ने प्रस्ताव गरेका हुन् । कांग्रेस विधानमा दुई दुई महिनामा केन्द्रीय समिति बैठक बस्ने उल्लेख छ । तर ११ महिनापछि बल्ल केन्द्रीय समितिको बैठक मंगलबार बसेको हो ।

कांग्रेसले आगामी एक वर्ष क्रियाशील सदस्यता विस्तार अभियान चलाउने र ५ देखि ७ लाख नयाँ सदस्य बनाउने महत्वाकांक्षी कार्ययोजना अघि सारेको छ । बैठकमा महामन्त्री थापाले आगामी साउन २० देखि २०८१ असार ३१ गतेसम्म ‘घरघर जाऊँ, पार्टी सदस्य बनाऊँ’ अभियान चलाउने योजना प्रस्तुत गरेका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू