Ads

प्रतिपक्ष दलहरू आक्रामक, अधैर्य र अपरिपक्क देखिए


काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले प्रमुख प्रतिपक्ष दल आक्रामक,अधैर्य र अपरिपक्क देखिएको बताएका छन्।

सानेपामा बसेको बैठकमा लेखकले संसदीय गतिविधिबारे जानकारी दिँदै उक्त कुरा बताएका हुन् । उनले कांग्रेसले जिम्मेवार भएर संसदमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए ।

संसदीय अभ्यासमा एमाले परिपक्व भए पनि अधैर्य देखिएको र सत्ता गुमाउँदाको आक्रामकता रहेको लेखकको टिप्पणी छन् ।

संसदमा नयाँ दलहरूसमेत आक्रामक हुँदा सत्तासाझेदार कांग्रेसले प्रतिपक्षलाई पनि मिलाएर सदन सञ्चालन गर्नुपर्ने जिम्मेवारी पूरा गरिरहेको लेखकको दाबी थियो।

उनले भने, ‘सत्तागठबन्धनभित्र मात्रै एउटा सामञ्जस्यता र समन्वयकारी भूमिका होइन कि प्रतिपक्षसँग पनि सामञ्जस्यता र समन्वयकारी भूमिका निर्वाह गरेर सदनलाई सुसञ्चालन गर्नुपर्ने जिम्मेवारी पनि कांग्रेसलाई छ।’

Ads

सम्बन्धित पोष्टहरू