काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली कम्बोडिया प्रस्थान गरेका छन् । कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागि उनी मंगलबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।
ओलीको टोलीमा पत्नी राधिका शाक्य, पार्टी उपमहासचिव विष्णु रिमाल र सचिवालयका अन्य सदस्य सहभागी छन् ।त्यसअघि उनले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्