Ads

ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिटमा आज पनि सुनुवाइ हुने


काठमाडौँ । ललिता निवास क्याम्पभित्रको जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात किर्ते लगायतको कसुरमा थुनामा रहेका सञ्चार सचिव कृष्णबहादुर राउतसहितका व्यक्तिहरूले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटकाे सुनुवाइ आज पनि हुने भएकाे छ ।

सोमबारबाट सुरु भएको सुनुवाइ मंगलबारसम्म पनि नसकिएपछि आजका लागिहेर्दाहेर्दैमा राखी  पेशी तोकिएको हो ।

सञ्चार सचिव राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले आफूहरूलाई गैरकानुनी थुनामा राखिएको बन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए।

Ads

सम्बन्धित पोष्टहरू