Ads

अध्यक्षको जिम्मेवारी ईश्वर र सुवासलाई दिएर कम्बोडिया लागे ओली


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अनुपस्थितिमा अध्यक्षले गर्नुपर्ने कामको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएर कम्बोडिया प्रस्थान गरेका छन् ।

निर्वाचन पर्यवेक्षणका लागि गएराति कम्बोडिया उडेका ओलीले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् ।

पार्टी संसदीय दलको नेतासमेत रहेका ओलीले उक्त जिम्मेवारी दलका उपनेता तथा उपाध्यक्ष सुवास नेम्बाङलाई दिएका छन् । उपनेता नेम्बाङलाई संसदीय दलको कार्यवाहक नेताको जिम्मेवारी दिएका हुन् । ओलीको भ्रमण दलमा पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालयका अन्य सदस्य सहभागी छन् ।

Ads

सम्बन्धित पोष्टहरू