काठमाडौं । विभिन्न देशकाका लागि सरकारद्वारा सिफारिस गरिएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाई प्रकृया शुरु भएको छ । बुधबार सिंहदरवारमा बसेको सुनुवाई समितिको बैठकले प्रस्तावित नामहरु मथि उजुरीका लागि समय दिँदै सुनुवाईको प्रकृया थालनी गरेको हो ।
समिति सदस्य तथा नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालका अनुसार प्रस्तावित नामहरु मथि कुनै विरोध वा उजुरी भए समिति समक्ष पेश गर्न १० दिनको समय दिईएको छ । सरकारले हालै विभिन्न ६ ओटा देश र नियोगका लागि नाम सिफारिस गरेसँगै सुनुवाईको प्रकृया शुरु भएको हो ।
संयुक्त राष्ट्रसंघका लागि लोकबहादुर थापा, स्विजरल्याण्डका लागि रामप्रसाद सुवेदी, फ्रान्सका लागि सुधिर भट्टराई, कुवेतका लागि घनश्याम लम्साल, संयुक्त अरव ईमिरेट्सका लागि तेजबहादुर क्षेत्री र थाईल्याण्डका लागि धनबहादुर ओलीलाई सरकारले राजदूतका लागि सिफारिस गरेको छ ।
प्रतिक्रिया दिनुहोस्