Ads

शंकास्पद वस्तु राखिएको स्थानबाट एक जना व्यक्ति पक्राउ


काठमाडौं । काठमाडौं सिनामंगलमा आज बिहान फेला परेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि फेला परेको शंकास्पद वस्तु बम भनी आशंका गरिएकोमा बम नभएको पुष्टि भएको हो ।

नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले नोकिया मोबाइलको सेटमा तार जोडेर राखेको पाइएको जानकारी दिए । उक्त शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको थियो ।

नेपाली सेनाको टोलीले शंकास्पद वस्तु निष्कृय पारेलगत्तै सोही स्थानबाट एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिंदा स्थानीयले प्रहरीको समर्थनमा हुटिङ गरेका थिए ।

शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको थियो । काठमाडौंका प्रहरी प्रवक्ता एसपी सीताराम रिजालले घटनाबारे अनुसन्धान जारी रहेको बताए ।

Ads

सम्बन्धित पोष्टहरू