Ads

भद्रकुमारी घले सेवा सदनमा महानगरले चलायो डोजर


काठमाडाैँ । काठमाडौँ महानगरले अनामनगरस्थित देवीनगरमा रहेको भद्रकुमारी घले सेवा सदनको संरचनामा डोजर लगाएकाे छ।

महानगरले बुधबार अपरान्ह सार्वजनिक जग्गा अतिक्रमण गरी सेवा सदन सञ्चालन गरेकाे भन्दै डोजर लगाएकाे हाे।

नगरप्रहरीले तीन दिनअघि उक्त भवन खाली गर्न अल्टिमेटम दिएकाे थियाे।

तीनभित्र पनि उक्त भवन खाली नगराएपछि नगर प्रहरीले बुधबार डोजर चलाएर भत्काएको हो।

२०६२ सालबाट सञ्चालनमा आएकाे भद्रकुमारी घले सेवा सदनले असहाय, अशक्त र वृद्धवृद्धाहरूलाई आश्रय दिइरहेको थियो।

सेवा सदनमा भएकाहरूलाई मानव सेवा आश्रममा पठाइने महानगरले जनाएकाे छ।

Ads

सम्बन्धित पोष्टहरू