काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलविद्युत आयोजनाको फिल्ड अफिसको उद्घाटन गरेका छन् ।
गोरखाको गण्डकी गाउँपालिका-८ स्थित सिउरेनीटारमा सोमवार फिल्ड अफिसको उद्घाटन गरिएको हो ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा जिल्लाको सिरुङ्टारमा स्थानीय कार्यालय उद्घाटन गरेका हुन् ।
यससँगै बहुचर्चित यो आयोजनाको निर्माण सुरु हुने अपेक्षा बढेको छ । आयोजनाबाट बिजुली निकाल्न सिरुङटारमा ८० मिटर अग्लो ड्याम बन्छ ।
उक्त ड्याम ६३ किलोमिटर क्षेत्रफलमा फैलिने छ । यस्तै ड्याम बनेपछि पानी भरिन करिब डेढ वर्ष लाग्ने बताइएको छ । सरकारले आयोजनालाई अगाडि बढाउन भन्दै यही साता काठमाडौँमा केन्द्रीय कार्यालय स्थापना गरिसकेको छ ।
यस्तै बुढिगण्डकी जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा जगत श्रेष्ठ नियुक्त भएका छन् । कम्पनी खुलेर केन्द्रीय र स्थानीय कार्यालय खुले पनि आयोजनाका लागि चाहिने लगानी रकम भने टुङ्गो लागेको छैन । आयोजना बनाउने लक्ष्यसहित हालसम्म करिब ४२ अर्ब खर्च भैसकेको छ ।
यस्तै, सरकारले बुढिगण्डकीका लागि भन्दै पेट्रोलियम पदार्थबाट प्रतिलिटर १० रुपैयाँका दरले ७२ अर्बभन्दा बढी सङ्कलन गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्