Ads

भन्सार कटेर सिनामंगल पुगेको झण्डै एक क्वीन्टल सुन बरामद


राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिव एक क्विन्टल सुन बरामद गरेको छ। हङकङबाट आएको सुनसहित विभागको टोलीले एजेन्ट र भरियालाई पक्राउ गरेको हो।
सुन ट्याक्सीमा राखेर एयरपोर्टबाट बाहिरिने क्रममा विशेष सूत्रको सूचनाका आधारमा विभागले सुनसहित दुईजनालाई पक्राउ गरेको हो। यो अपरेसन बुधबार बिहान ११ बजेतिरको हो।
अध्यागमन र प्रहरीबाट समेत सुन पास गरेर अघि बढिसकेको अवस्थामा विभागले नियन्त्रणमा लिएको हो। दुवैजनालाई विभागले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। यो विभागको इतिहासकै ठूलो अपरेसन हो।
स्रोतका अनुसार स्कुटरमा प्रयोग हुने ‘ब्रेक सु’ मा राखेर उक्त सुन ल्याइएको हो। विमानस्थलमा भएको एक्सरे मेसिनले पनि उक्त सुन पत्ता पाउन नसक्ने गरी भित्र्याइएको पाइएको हो।
विभाग प्रमुख ढुंगानाका अनुसार उक्त सुन हङकङबाट आएको क्याथे प्यासिफिक जहाजबाट बरामद भएको हो।
यस विषयमा थप अनुसन्धान भइरहेको छ र सुनको परिमाण थाहा पाउन राष्ट्र बैंक पठाइएको छ।

Ads

सम्बन्धित पोष्टहरू