काठमाडाैं । अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रिय सभाको बैठक आज बस्दैछ । यसअघि गत असार ३१ गते बोलाइएको बैठक सूचना जारी गरेर अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
तर, मंगलबार संघीय संसदका महासचिव डा भरतराज गौतमले स्थगित राष्ट्रिय सभाको बैठक आज बिहीबार दिउँसो १ः०१ बजे बस्नेगरी बोलाइएको जानकारी दिएका छन् ।
आजकाे बैठकमा विधेयक प्रमाणिकरणसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रका बारेमा जानकारी गराइने र उद्याेगमन्त्री रमेश रिजालले विद्युत व्यापार विधेयक २०८० दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयाेस भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्