Ads

भन्सार जाँचपासमा संलग्न अधिकृत र नायब सुब्बा निलम्बनको तयारी


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायब सुब्बा (नासु) निलम्बित भएका छन् । बुधबार बरामद भएको एक क्वीन्टल सुनको अवैध जाँचपासमा संलग्न भएको आरोप लागेको भन्सार अधिकृत सन्तोष चन्द निलम्बित भएका छन् भने नासुको नाम भने खुलाइएको छैन ।

उनीहरू सुनको भन्सार पासमा संलग्न देखिएकाले निलम्बन गरिएको विभागले जनाएको छ । बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको अनुमानित सय किलो सुन विभागको टोलीले बरामद गरेको हो । सुनको परिमाण एकिन गर्ने भने बाँकी छ । आज नेपाल राष्ट्र बैंकले सुनको तौल लिने जनाइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू