काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आज तोलामा ५०० रुपैयाँ बढेसँगै सुनको भाउ इतिहासमै सबैभन्दा बढी भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेर १ लाख १३ जार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजावी सुन तोलामा १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी तोलामा ४० रुपैयाँले बढेपछि स्थिर रहेकोमा बुधबार १० रुपैयाँले बढेको थियो । आज ५ रुपैयाँले वृद्धि भएसँगै १ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्