Ads

यी हुन् सुन तस्करी प्रकरणमा पक्राउ परेका चार आरोपी (ठेगानासहित)


काठमाडौं । प्रहरीले अवैध सुन तस्करीमा संलग्न ६ जनालाई पक्राउ गरेको छ । बुधबार बरामद भएको झन्नै एक क्वीन्टल सुनको तस्करीमा संलग्न एक भारतीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले विमानस्थलबाट बाहिरिएपछि सुन बोकेको बा. २ ज २३२४ नम्बरको ट्याक्सीलाई बुधबार साँझ ६ बजे नियन्त्रणमा लिइएको थियो । सुन तस्करीको आरोपमा प्रहरीले  दोलखा मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ–३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षका दीलिप भुजेल, भोजपुर अरुण गाउँपालिका४ भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ थाप्तेन छिरिङलाई पक्राउ गरेको छ ।

यस प्रकरणमा पक्राउ परेका अन्य दुईजनाको बारेमा भने प्रहरीले केही खुलाएको छैन । सुन जाँचपासमा संलग्न दुईजना कर्मचारी पनि निलम्बनमा परेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू