काठमाडौं । त्रिभुवन विमानस्थलबाट बुधबार बरामद गरिएको सुन जोख्न नेपाल राष्ट्र बैंक पठाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर बाहिरिएसँगै बुधबार सिनामंगलबाट नियन्त्रणमा लिइएको सुनको परमाण यकिन गर्न बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागमा पठाइएको हो । समातिएको सुन करिब एक क्विन्टलभन्दा बढी रहेको भनिएपनि यकिन परिमाण भने खुल्न सकेको छैन ।
बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौँ आएको थियो । मोटरसाइकल र स्कुटरको ‘ब्रेक-सु’भित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो । यो प्रकरणमा अहिलेसम्म ६ जना पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागका अनुसार पक्राउ पर्नेमा एक भारतीय नागरिकसहित ६ जना छन् ।
प्रतिक्रिया दिनुहोस्