काठमाडाैँ । व्यवसायी दीपक मल्होत्राले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन आफ्नो नभएको दाबी गरेका छन्।
बिहीबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरेर मल्होत्राले बरामद भएको सुनमा आफ्नो कुनै सम्बन्ध नरहेको बताएका हुन्।
मल्होत्राले भने, ‘मेरो संलग्नता पुष्टि भए म सबै कानुनी सजाय भोग्न तयार छु।’ मंगलबार बरामद भएको करिब एक क्विन्टल सुनमा मल्होत्राको संलग्नता रहेकाे प्रारम्भिक अनुसन्धानबाट देखिएकाे सञ्चार माध्यममा समाचार आएको थियो ।
उनले उक्त समाचारप्रति आफ्नो आपत्ति रहेको र त्यसको खण्डन पठाउने बताए। उनले आफू कुनै अवैध धन्दामा संलग्न नरहेको र त्यसबारे सोच्दा पनि नसोचेको बताए।
‘मेरो संलग्नता पुष्टि भए म सबै कानुनी सजाय भोग्न तयार छु,’ उनले भने।
प्रतिक्रिया दिनुहोस्