Ads

उद्घाटन खेलमा नर्वेलाई हराउँदै घरेलु टोली न्युजिल्याण्डले सुखद सुरुआत


अष्ट्रेलिया । न्युजिल्याण्डले फिफा महिला विश्वकपको उद्घाटन खेलमा नर्वेलाई १-० को नतिजामा पराजित गरेको छ।

न्युजिल्यान्डको अक्ल्यान्डस्थित इडेन पार्कमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो।

न्युजिल्याण्डको जितमा हन्नाह विल्किन्सनले निर्णायक गोल गरिन् । विल्किन्सनले खेलको ४८ औं मिनेटमा गोल गरिन् ।

जितसँगै समूह ‘ए’ को न्युजिल्याण्डले तीन अंक जोडेको छ । नर्वेले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ल

प्रतियोगिता अन्तर्गत बिहीबार अर्को आयोजक अष्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्ड भिड्ने छन् । स्टेडियम अष्ट्रेलियामा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ८ बजे सुरु हुनेछ ।

अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा जारी विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू