Ads

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतविरूद्ध साइबर ब्युरोमा उजुरी


काठमाडाैँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले फेसबुकमार्फत भ्रामक प्रचार गरेको भन्दै प्रेस चौतारी, नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएका छन् ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘सुन पास गराएको’ भन्दै फेसबुकमार्फत् भ्रामक प्रचार गरेकाले बस्नेतविरूद्ध उजुरी गरेको श्रेष्ठको सचिवालयले जानकारी दिएको छ।

गृहमन्त्री श्रेष्ठको व्यक्तिगत निष्ठा, आचरण र नैतिकतामाथि सामाजिक संजालमा अतिरन्जित भ्रम सिर्जना गरेको, सुशासन तथा गुणात्मक प्रशासनिक सुधारमा अनवरत लागेको गृह प्रशासन नेतृत्वलाई हिलो छ्याप्ने काम गरेको र गृहमन्त्रीले अगाडि बढाएका कामलाई अवरुद्ध गर्ने नियत बोकेको उजुरीमा उल्लेख छ ।

सल्लाहकार गिरीले गृहमन्त्रीप्रति झुटो र कपोलकल्पित आरोप निर्माण गर्ने बस्नेतलाई साइबर कानूनअन्तर्गत आवश्यक कारबाही गर्न साइबर ब्यूरोलाई अनुरोध गरेका गरेर आफूले उजुरी दिएको बताए ।

त्यस्तै, उनले इन्द्रप्रसाद आचार्य सम्पादक/प्रकाशक, सूर्यप्रसाद फुयाल प्रधान सम्पादक र रमण कोइराला प्रबन्ध सम्पादक रहेको मिडियाविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएकिो बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू