Ads

नेपाली कांग्रेसको बैठक आज पनि बस्दै


काठमाडौं। नेपाली कांग्रेसको बैठक आज पनि बस्दै छ। आज बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक १ वर्षपछि मंगलबारदेखि शुरु भएकाे हाे।बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले १० वटा एजेन्डा प्रस्तुत गरेका थिए । यस्तै, अर्का महामन्त्री गगन थापाले वार्षिक कार्यतालिकासहित प्रतिवेदन पेस गरेका थिए।

मंगलबार प्रस्तुत भएका एजेन्डा र प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले बुधबारदेखि धारणा राख्न सुरु गरेका थिए । अहिलेसम्म बुधबारको बैठकमा ४६ जना र बिहीबारको बैठकमा ३५ जना केन्द्रीय सदस्यले धारणा राखेका छन्।

केन्द्रीय सदस्यहरुको आज पनि आफ्नो धारणा राख्नेछन् । बिहीबार कांग्रेस केन्द्रीय समितिको बैठकमा पार्टी नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण निलम्बनको विषयले प्रवेश पायो। केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले कांग्रेस वरिष्ठ नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने प्रस्ताव राखेका थिए।

Ads

सम्बन्धित पोष्टहरू