काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले संविधानमा उल्लेखित ‘धर्मनिरपेक्ष’ भन्ने शब्द हटाउनु पर्ने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रिय कमिटी बैठकमा संविधानमा उल्लेखित ‘धर्मनिरपेक्ष’ भन्ने शब्द हटाउनु पर्ने बताएका हुन ।
संघीयता महँगो भएकाले विकल्प खोज्नुपर्ने उनको भनाइ छ । निर्वाचन प्रणालीमा पनि विचार गर्नुपर्ने भण्डारीले बताए ।
महामन्त्री गगन थापाले प्रश्ताव गरेकाे संविधान दिवस मनाउने प्रस्ताव गरेको भन्दै आपत्ति जनाए ।
“विवादास्पद कतिपय विषय उल्लेख भएको संविधानलाई कांग्रेसले दिवस मनाउन सक्छ ? यसमा मेरो घोर असहमति छ,” उनले भने ।
०४७ सालमा कांग्रेसकै स्वामित्वमा संविधान जारी गरिएको र अहिले ती एजेन्डा नभएकाले पहिले जस्तो स्वामित्व अहिले नरहेको उनको भनाइ छ ।
“संविधान हामीले बनाएको हो । ०४७ सालमा हामीले बनाएको हो । ०४७ सालको संविधान बनाउँदा जति हाम्रो ओनरसिप थियो । अहिले ओपनसिप त्यति छैन,” उनले भने ।
प्रतिक्रिया दिनुहोस्