Ads

भारतको धौलिगङ्गा बाँध पुनः खोलिने, सतर्कता अपनाउन प्रशासनको आग्रह


बैतडी । भारतको धौलिगङ्गा बाँध पुनः खोलिने र  महाकाली नदीमा जलस्तर बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले सतर्कता अपनाउन आग्रह गरेको छ। बाँध शनिबार बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म खोलिने भएकाले सूचना जारी गरेर प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको हो ।

भारतको उत्तराखण्डमा पर्ने धौलिगङ्गा जलविद्युत् परियोजनाको सिल्ट सरसफाइका लागि बाँधको ढोका खोलिने जिल्ला प्रशासन बैतडीले जारी गरेको सूचनामा उल्लेख छ।

सो समयमा महाकाली नदी किनारका नागरिकलाई सचेत रहन र नदी वारपार नगर्न अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शङ्करबहादुर बोहराले बताए। यसअघि असार २६ गते पनि परियोजनाको बाँध खोलिएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू