Ads

कोशी सरकारको वैधानिकतामाथि सर्वोच्च अदालतमा आजदेखि बहस


काठमाडाैं । कोशी प्रदेश सरकार गठनलाई लिएर सर्वोच्च अदालतमा आजदेखि बहस सुरु हुने भएको छ। कोशी सरकार गठन अवैधानिक भन्दै परेको रिटमा गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले दिएको निर्देशन अनुसार आजदेखि बहस हुन लागेको हो।

सो प्रदेशका  निवर्तमान मुख्यमन्त्री तथा एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायधिश मल्लले विपक्षीसमेत रहेका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग लिखित जवाफ माग गरेकी थिइन् । जसअनुसार प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले लिखित जवाफ पेश गरेपछि आजदेखि कोशी सरकारको वैधानिकतामा बहस सुरु हुन लागेको हो।

सभामुख बाबुराम गौतमसहितको हस्ताक्षर जोडेर नेपाली कांग्रेसका उद्वव थापाको नेतृत्वमा प्रदेश सरकार गठन गरेपछि एमालेले त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेकाे थियाे। निष्पक्ष रहनुपर्ने सभामुख गौतमसहितको हस्ताक्षर गरेको सरकार अवैधानिक भन्दै खारेजीको माग एमालेकाे राखेकाे छ। जसमा आजबाट दुवै पक्षले आ-आफ्नो तर्फबाट बहस गर्नेछन्।

Ads

सम्बन्धित पोष्टहरू