Ads

नेकपा एसका रामेछाप जिल्ला अध्यक्ष बस्नेत एमालेमा फर्किए


काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका रामेछाप जिल्ला अध्यक्ष रमेश बस्नेत पुष्पलाल स्मृति दिवसको अवसर पारेर नेकपा एमालेमा फर्किएका छन् ।

एमाले महासचिव शंकर पोखरेलले आइतबार बस्नेत र राप्रपा जिल्ला उपाध्यक्ष केशव दाहाललाई पार्टीमा स्वागत गरेका हुन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवसका अवसरमा मन्थलीमा आयोजित कार्यक्रममा बस्नेत र दाहाल एमाले प्रवेश गरेका हुन् ।

मन्थली नगरपालिकाका निवर्तमान नगरप्रमुख तथा जिल्ला विकास समिति रामेछापका पूर्वसभापति र उपसभापतिसमेत रहिसकेका बस्नेतले एमाले पार्टी छाडेर हिँड्दा अनेक हन्डर खाएर आफ्नै घरमा फर्किएको बताए ।

‘कम्युनिष्ट आन्दोलनको नेतृत्व एमालेले मात्र गर्न सक्छ भन्ने निष्कर्षसहित म आफ्नै घरमा फर्किएँ,’ उनले भने, ‘माधव नेपालको पछि लाग्दा केबल कांग्रेसको पिछलग्गु मात्र भइयो । त्यो पार्टीले एमालेलाई कमजोर बनाउनेबाहेक अरु केही गर्न सक्दैन भन्ने बुझेरै फर्किएको हुँ ।’

Ads

सम्बन्धित पोष्टहरू