काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टी केन्द्रीय सदस्य बालकृष्ण खाँणको गल्ती नहुँदा नहुँदै पनि राज्यले फसाएको आरोप लगाएका छन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने भन्दै रकम असुल्ने गिरोहमा संलग्न भएको आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा पठाइएका खाँणको बचाउ गर्दै सहमहामन्त्री यादवले उनीमाथि राज्यले ठूलो अन्याय गरेको आरोप लगाएका हुन् ।
खाँणमाथि अभियोगमात्र लागेको तर प्रमाणित नभएकाले कसुरदारजस्तो व्यवहार गर्न नहुनेमा यादवले जोड दिए । खाँणले पार्टीका नेता कार्यकर्ताको धेरै संरक्षण गरेको भन्दै यादवले उनलाई दुख पर्दा सहयोग गर्नुपर्ने बताए ।
‘नेपाली कांग्रेसका जुझारु नेता बालकृष्ण खाँणलाई राज्यले फसाएको छ, उहाँमाथि राज्यले ठूलो अन्याय गरेको छ । अहिलेसम्मको अनुसन्धानबाट न कुनै जाहेरी छ, न उहाँलाई कसैले पोलेको छ, न कुनै प्रमाण भेटिएको छ’ उनले भने, ‘तर थप मुद्दा राजद्रोह पनि लगाइएको छ ।’ –यादवले भने ।
प्रतिक्रिया दिनुहोस्