Ads

राष्ट्रपति पौडेल र चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआनबीच भेटवार्ता


काठमाडाैँ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का शीर्ष नेता युआन जियाजुनलगायतको टोलीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेको छ ।

आज काठमाडौं आइपुगेको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्युरो सदस्य तथा चोङक्विङ्ग नगर कमिटी सचिवसमेत रहेका जियाजुनसहितको टोलीले शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई भेटेको हो ।

भेटवार्तामा राष्ट्रपति पौडेलले ऐतिहासिककालदेखि नै नेपाल-चीन असल छिमेकी रहेको र यस प्रकारका उच्च तहको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए । युआन श्रीलंका भ्रमण सकेर आइतबार नै काठमाडौं आइपुगेका हुन् ।

भेटवार्तामा नेपालका लागि चिनियाँ राजदूत चेन सोङसहितको प्रतिनिधिमण्डलका सदस्यको उपस्थिति थियो । यस्तै, राष्ट्रपतिका परराष्ट्रविज्ञ चालिसे, राष्ट्रपति कार्यालय सचिव डिल्लीराज शर्मा, परराष्ट्र मन्त्रालयका चाइना डेक्स प्रमुख लोकबहादुर थापालगायतको सहभागिता थियो ।

Ads

सम्बन्धित पोष्टहरू