Ads

घरमाथिबाट खसेको पहिरोले पुरिँदा आमा छोराको मृत्यु


बैतडी । बैतडीको पुर्चौडी नगरपालिका २ को भैरुमा पहिरोमा परि आमा छोराको मृत्यु भएको छ । गएराति घरमाथिबाट खसेको पहिरोले पुरिँदा अन्दाजी २५ वर्षीया अञ्जु जागरी र उनका पाँच वर्षीय छोरा रिजन जागरीको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर अञ्जुका श्रीमान गोब्बर जागरी घाइते भएका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए । स्थानीय र प्रहरीको सहयोगमा गोब्बरको उद्धार गरिएको र उनको उपचार भइरहेको चौधरीले बताए ।

Ads

सम्बन्धित पोष्टहरू