Ads

एनआरएनए अमेरिकाको अध्यक्षमा अर्जुन बञ्जाडे विजयी


काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए अमेरिकाको अध्यक्षमा डा. अर्जुन बञ्जाडे विजयी भएका छन् । आइतवार राति भएको निर्वाचनमा डिलुराम पराजुलीलाई पराजित गर्दै बञ्जाडे विजयी भएका हुन् ।

बञ्जाडेले ५ हजार ७ सय ३९ मत प्राप्त गर्दा पराजुलीले ४ हजार ८ सय ६ मत प्राप्त गरे । विकास उप्रेती वरिष्ठ उपाध्यक्ष र रामहरि अधिकारी महासचिव निर्वाचित भएका छन् ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका– ८ अर्घातोस स्थायी घर भएका बञ्जाडे यसअघि एनआरएनए अमेरिकाको वरिष्ठ उपाध्यक्ष थिए । नेपालमा प्राध्यापन समेत गरेका बञ्जाडेले अमेरिकाको ओहियो युनिभर्सिटीबाट विद्यावारिधी गरेका छन् ।अमेरिकामा नेपालीमाझ उनले समाजसेवीको छवी बनाएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू