Ads

एक सय ४२ वन्यजन्तुको उद्धार


चितवन । चितवन राष्ट्रिय निकुञ्जले एक वर्षको अवधिमा एक सय ४२ वन्यजन्तुको उद्धार गरेको छ । आर्थिक वर्ष २०७९/८० मा दुर्लभ वन्यजन्तु पाटेबाघ, अजिङ्गर, एक सिङ्गे गैँडासहित एक सय ४२ वन्यजन्तुको उद्धार गरिएकोे निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले गत वर्ष सबैभन्दा बढी ८६ अजिङ्गरको उद्धार गरिएको जानकारी दिए । गत वर्ष १९सर्प, १३ चित्तल, छ पाटेबाघ, छ एक सिङ्गे गैँडा , पाँच सङ्कटापन्न अवस्थाको घडियाल गोही उद्धार गरिएको उनको भनाइ थियो ।

मध्यवर्ती क्षेत्र, समुदाय तथा राष्ट्रिय वन क्षेत्रबाट सालक, कछुवा, सुनगोहोरो, गोहोरो, मगर गोही र जरायो एक–एकवटा उद्धार गरिएको सूचना अधिकारी तिवारीले बताए । “हामीले उद्धार गरेका वन्यजन्तु अधिकांश घाइते अवस्थामा रहेका छन्” उनले भने, “चिकित्सकसहितको उद्धार टोली घटनास्थलमा पुगेर वन्यजन्तुको उद्धार गरेर औषधि उपचारपछि प्राकृतिक वासस्थानमा नै छोड्ने गरेका छौँ ।” राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता सूचना केन्द्रसँग वन्यजन्तु एम्बुलेन्स रहेकाले तत्काल एम्बुलेन्स लिएर वन्यजन्तुको उद्धारमा पुग्ने गरिएको छ ।

सामुदायिक वन तथा बस्तीमा गएर मानिसलाई आक्रमण गर्ने बाघलाई निकुञ्जले डार्ट ९बन्दुकमा लठ्याउने औषधि राखेको सुई हानेर० गरेर खोरमा राख्ने गरेको छ । निकुञ्जसँग बाघ राख्ने छ वटा खोर रहेको र अहिले सबै खोरमा उद्धार गरिएका बाघ राखिएको छ । नवलपुर, चितवन, मकवानपुर र पर्सा जिल्लामा फैलिएको निकुञ्जले अधिकांश वन्यजन्तु नवलपुर र चितवनका विभिन्न स्थानबाट उद्धार गरेको हो ।

Ads

सम्बन्धित पोष्टहरू