काठमाडौं । स्वास्थ्य मन्त्रालयले सोमबार देशभरका औषधि पसलमा अनुगमन गरेको छ । मन्त्रालयले काठमाडौं उपत्यका लगाएत देशभरका औषधि पसलमा एकसाथ अनुगमन गरेको हो ।
काठमाडौंमा रहेका केहि औषधि पसलको अनुगमनमा औषधि व्यवस्था विभागका प्रतिनिधिसहित स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत निस्किएका थिए । सो क्रममा औषधि पसलमा म्याद गुज्रिएका औषधीहरु राखेको पाइएको थियो भने बेच्ने अनुमति नपाएका औषधिहरु पनि राखिएको भेटिएको छ ।
नमूना प्रति औषधि र म्याद गुज्रिएका औषधी भेटिएपछि ललितपुरमा एक औषधी पसललाई कारवाही समेत गरिएको छ । मन्त्री बस्नेतले औषधि पसललाई व्यवस्थित गर्न र जिम्मेवार बनाउनका लागि सरकारले अनुगमन गरेको जानकारी दिए ।उनले अनुगमनपछि आएको प्रतिवेदनका आधारमा कारवाही प्रक्रिया अघि बढाउने भन्दै निरन्तर अनुगमन जारी रहने बताए ।
प्रतिक्रिया दिनुहोस्