Ads

अझै भेटिएनन् आइतबारदेखि हराएका बालक साजन


काठमाडौं । आइतबार साँझ करिब साढे पाँच बजे सामाखुसीको नालीमा असेर हराइरहेका १३ वर्षीय बालक साजन मगरलाई प्रहरीले अ झै फेला पार्न सकेको छैन । काठमाडौं महानगरपालिका–३ रानीबारीस्थित सामाखुसी खोलाको बाढीले बगाउँदा बेपत्ता भएका मगरको अवस्था अझै अज्ञात रहेको हो ।

पानीपोखरीस्थित भानुभक्त माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्ने गरेका उनको खोजीका लागि सयौं जना सुरक्षाकर्मीहरु परिचालित भए पनि फेला पार्न सकेका छैनन् । उनको खोजीका लागि प्रहरी वृत्त बालाजुका १० जना, प्रहरी वृत्त सोह्रखुट्टेका १० जना तथा विपद् उद्धार महाशाखा सामाखुसीबाट २५ जनाको टोली खटिएको छ ।

त्यसैगरी, सशस्त्र प्रहरी बलका नं. १८ निलबाराही गणबाट डिएसपीको कमान्डमा २० जना, नं. २० विपद् उद्धार उपत्यका गणबाट इन्सपेक्टरको कमान्डमा १५ जना र नं. २४ बाघभैर गुल्मबाट इन्सपेक्टरको कमान्डमा २१ जना पनि उनको खोजीमा खटाइएको छ । सुरक्षाकर्मीहरुले चोभार, सुन्दरीघाट क्षेत्रवरिपरि र चल्नाखेलसम्म पनि उनको खोजी गरिरहेको छ । यद्यपी हालसम्म पनि उनलाई फेला पार्न सकिएको छैन ।

Ads

सम्बन्धित पोष्टहरू