काठमाडौं । अमेरिकाको न्यूयोर्क सिटीमा आयोजित मिस नेपाल नर्थ अमेरिका २०२३ को उपाधि जुबली शेर्पाले जितेकी छिन् । १७ जना प्रतिस्पर्धिलाई निराश बनाउँदै शेर्पाले यो उपाधिसंगै मिस नेपाल २०२४ मा सोझै प्रवेश पाएकी छिन् । ड्रिम्स युनिभर्सलले आयोजना गरेको प्रतियोगितामा अमेरिका तथा क्यानडामा बसोबास गर्ने नेपाली समुदायका १८ जना युवतीहरुले भाग लिएका थिए ।
प्रतियोगितामा रजिला बास्तोलाले फर्स्ट रनर्स अप तथा ईशा सुवेदीले सेकेण्ड रनर्सअपको उपाधि जित्न सफल भए । प्रतियोगितामा क्वीन अफ क्वीन्स डायमण्ड २०२३ को उपाधि मेन्जिना महर्जनले जितिन् । प्रतियोगितामा जुबली शेर्पा, ग्रिश्मा गौतम, ईशा सुवेदी, श्रृष्टी राई, मनिकला गुरुङ, आयुशा समाल, स्नेहा बन, रजिला बास्तोला, रिना श्रेष्ठ, चाँदनी जोशी, सुभेच्छा कार्की, रचना पोखरेल, खुश्बु मण्डल, झरना लुइटेल, मेन्जिना महर्जन, स्मृति श्रेष्ठ, संस्कृति लम्साल र सदिक्षा कार्कीले प्रतिस्पर्धा गरेका थिए ।
मिस नेपाल नर्थ अमेरिका २०२३ का विजेताले मिस नेपाल २४ प्रतियोगितामा सिधा प्रवेश पाउने निर्णायक मण्डलमा सहभागी मिस नेपाल अमेरिकाका संस्थापक अध्यक्ष दिवाकर राजकर्णिकारले घोषणा गरेका थिए । मिस नेपाल नर्थ अमेरिका २०२३ को कोरियोग्राफी मिस नेपाल २०१० सदिक्षा श्रेष्ठले गरेकी थिइन् ।
प्रतियोगिताको निर्णायकमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, दिवाकर राजकर्णिकार, रेश्मा घिमिरे, माम्पी घोष लगायत ११ जना थिए । अमेरिकामा नेपाली कला ,सस्कृतिको प्रवद्र्धनका लागि सन् २०१८ देखि मिस नेपाल नर्थ अमेरिका गरिदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्