Ads

कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा अर्को छैन: विमलेन्द्र निधी


काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा दोस्रो नरहेको दाबी गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उनले देशमा कम्युनिष्ट, क्षेत्रीयवादी, लोकप्रियतावादी पार्टी धेरै भए पनि लोकतन्त्र गणतन्त्रमा विश्वास गरेर काम गर्ने पार्टी नेपाली कांग्रेस मात्रै रहेको जिकिर गरे ।

उनले पार्टीमा सभापति भर्सेस महामन्त्री भन्नेकुरा नरहेको बताए । उनले नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले पार्टीका गतिविधि पनि लोकतन्त्रमै विश्वास गरेर अघि बढाइएको बताए ।

उनले संविधानको सफल कार्यान्वयन र जनता र देशको हितमा काम गर्नु नै कांग्रेसको अबको लक्ष्य रहेको बताए । नेता निधीले एकतावद्ध भएर जनताको लोकतन्त्रको पक्षमा काम गर्ने कुरामा कांग्रेस केन्द्रिय समिति बैठकमा छलफल भएको बताए ।

Ads

सम्बन्धित पोष्टहरू